जोशीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे देउवा

इन्भेष्टाेपेपर । फागुन २८, २०७७

काठमाडौं । मष्तिष्कघात भई उपचाररत् नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुग्नुभएको छ ।

फागुन १४ गते मष्तिष्कघात भई कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ अझै कोमामै हुनुहुन्छ ।

जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेको र पछिल्ला केही दिनदेखि अवस्था थप बिग्रिएको खबर आइरहेको बेला पूर्व प्रधानमन्त्री देउवाले थापाथलीस्थित नर्भिक अस्पतालमा गएर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभएको हो ।

देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको बिषयमा जानकारी लिनुभएको थियो । देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनलाई सान्त्वना समेत दिनुभएको थियो ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै कोमामै रहनुभएको, भेन्टिलेटरको सपोर्टमा रहनुभएको विषय जानकारी गराएका थिए ।

सो क्रममा देउवाले नर्भिक अस्पतालको उपचार पद्धतिको विषयमा समेत खुलेरै प्रशंसा गर्नुभएको थियो । उहाँले जोशीको उपचारमा नर्भिकले अपनाएका उपायहरुको प्रशंसा गर्दै अस्पताललाई धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो । ‘देशमै यो लेभलको उपचार हुनु खुशीको कुरा हो।’ संक्षिप्त प्रतिक्रिया दिंदै देउवाले भन्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *