डिप्रोक्स लघुवित्तले पनि मर्जरकाे लागि समिति गठन गर्यो

Investopaper, श्रावण २७, २०७६

डिप्रोक्स लघुवित्तले मर्जर तथा प्राप्तीको सम्बन्धमा गृहकार्य गर्न समिति समेत गठन गरेको छ । सञ्चालक यज्ञप्रसाद शर्माको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको कम्पनीले सुचना मार्फत जानकारी दिएको छ ।

समितिमा सञ्चालकहरु डा. भृगुऋषि दुवाडी र रमेशकुमार रघुवंशीका साथै प्रमुख कार्यकारी अधिकृत अमराज खड्काको समेत प्रतिनिधित्व रहेको छ ।

राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल देशका ७१ जिल्लाहरुमा ११९ शाखा कार्यालयहरु मार्फत २ लाखभन्दा घरपरिवारलाई सेवा प्रदान गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *