‘दबंग ३’को कमजोर ओपनिङका बावजुत गति लिदैँ

Investopaper, पौष ४, २०७६

दबंग ३’ यो भन्दा अगाडीका सिक्वेलमा बंमपर ओपनिङ संगै इन्डिया बक्सअफिस कलेक्शनमा बलकबस्टर भएको थियो। आज शुक्रवार, क्रिसमस आउँदै गर्दा सुपरस्टार सलमान खानको ‘दबंग ३’ रिलिज भएको छ। यस फिल्मलाई कृटिक्सहरुले ३.५ रेटिङ दिएका छन्। चलचित्रले मर्निङ सोमा २० देखि २५ प्रतिशतको ओपनिङ गरेको भारतीय मिडियाले जनाएका छन् । यो चलचित्रलाई एक सातामै बम्पर कमाई गर्नुपर्ने हुन्छ । किनकी, अर्को साता चलचित्र ‘गुड न्यूज’ले यसको व्यापारमा ठूलो धक्का दिने पक्का छ ।

चलचित्रलाई समिक्षकले मिश्रित प्रतिक्रिया दिए पनि सलमान खान अधिक लोकप्रिय भएकोले केहि भन्न नसकिने बताएका छन्। विशेषगरि सलमानको फिल्म कुनै न कुनै पर्वको अवसरमा रिलिज हुने भएकोले चलचित्रले पहिलेको सिक्वयल भन्दा बढी कमाउन सक्के केहि समिक्षकले बताएका छन्। चलचित्र विश्व भर ४३००‌‍‍‌‌‌‍‍‌पलस इस्क्रिनमा लागि रहेको छ।चलचित्र राम्रो र पैसा असुल भएको समिक्षेक ले जनाएका छन्। चलचित्रको ओपनिङ व्यापारमा भारतमा भैरहेको नागरिकता संसोधनको विरुद्धमा भैरहेको विरोधको असर परेको देखिएको छ ।

खानको पछिल्लो रिलिज चलचित्र ‘भारत’को एडभान्स बुकिङ १७ करोड रहेको थियो भने यो फिल्मको निकै कम रहेको छ। आउदो दिनमा कस्तो व्यापार गर्छ  पर्खनैपर्छ ।नायक सलमान खानको चलचित्रले लाइफ टाइम कलेक्शन कती गर्छ, त्यो यसै भन्न सकिदैन । विरोधका कारण चलचित्रको व्यापारमा ठूलो असर परेको भारतीय मिडियाले जनाएका छन।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *