धिताेपत्र बाेर्डकाे आ.ब. २०७७/७८ काे नीति तथा कार्यक्रम सार्वजनिक
इन्भेष्टोपेपर । श्रायण ०५, २०७७
नेपाल धिताेपत्र बाेर्डले आ.व. २०७७/ ०७८ काे धिताेपत्र बजार तथा बस्तु विनिमय बजार सम्वन्धि नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
बजारको विकास तथा विस्तारका लागि बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अभिबृद्धि गर्दै बजारलाई स्वच्छ, पारदर्शी र अत्याधुनिक बनाउंदै लैजानुपर्ने आवश्यकता रहेकाे जनाइएकाे छ ।
नीति तथा कार्यक्रममा बोर्डले धितोपत्रबजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि आ.व. २०७७।७८मा सम्पन्न गर्नुपर्ने विभिन्न विकासात्मक तथा नियमित कार्यक्रमहरु समावेश गरेको छ ।
नीति तथा कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) को विद्युतीय कारोवार प्रणालीमा धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासंग आवद्ध गरी पूर्ण स्वचालित बनाउन सहजीकरण गर्ने, धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली T+2 मा हुने तथा हाल नेप्सेको Trading Management System (TMS) लाई प्रभावकारी बनाउने व्यवस्था मिलाइने उल्लेख गरिएकाे छ।
यसैगरि साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी SME Platform तथा अन्य कम्पनीको कारोबारका लागि Main Board को व्यवस्था गर्नका लागि नेप्सेलाई सहजीकरण गरिने कार्यक्रम रहेकाे छ । यस बाहेक संरचनागत सुधार तथा कानूनी सुधारहरू गरिने नीति तथा कार्यक्रमकाे लक्ष रहेकाे छ ।
धिताेपत्र बाेर्डकाे नीति तथा कार्यक्रमकाे पूर्ण पाठकाे लागि यहाँ क्लिक गर्नुहाेस ।
