धितोपत्र बोर्डकाे संचालक समितिमा आइक्यान र महासंघका प्रतिनिधि नरहने

Investopaper, भाद्र २९, २०७६

काठमाडौं — पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सहभागिता नहुने व्यवस्था हुन लागेको हो ।

धितोपत्रसम्बन्धी ऐनको पहिलो संशोधनमा उक्त व्यवस्था प्रस्ताव गरिएको छ । विधेयक जस्ताको तस्तै पारित भए बोर्ड सञ्चालक समिति संरचना परिवर्तन हुनेछ। बोर्डको सञ्चालक समितिका आइक्यान र महासंघ सहभागी हुँदा स्वार्थ बाझिने भएको भन्दै उक्त व्यवस्था प्रस्ताव गरिएको स्रोतले बताएको छ । त्यसो त धितोपत्र बोर्डले ऐन संशोधन गरी पठाउँदा सो बँदा चलाएको थिएन । अर्थ मन्त्रालयले पछि थप गरी उक्त बँदा थपिएको स्रोतले बताएको छ।

हाल बोर्डको सञ्चालकमा अध्यक्षसहित ६ जना सदस्य रहने व्यवस्था छ । जसमध्ये अर्थ मन्त्रालयको सहसचिव, कानुन मन्त्रालयको सहसचिव, महासंघको उपाध्यक्ष, आइक्यानको उपाध्यक्ष, राष्ट्र बैंकको कार्यकारी निर्देशक र स्वतन्त्र सदस्यका रूपमा विज्ञ सदस्य रहन्छन् । अहिले सात सदस्यीय सञ्चालक समिति घटाएर पाँच सदस्यको बनाउन प्रस्ताव गरिएको छ।

आइक्यान चार्टर्ड एकाउन्टेन्टहरूको संस्था हो। उनीहरूले सूचीकृत कम्पनीको वित्तीय विवरण अडिट गर्छन् । यसकारण तीनै सूचीकत कम्पनी नियमन गर्ने संस्थामा बस्दा स्वार्थ बाझिने भएकाले राम्रो नहुने भएकाले हटाउन प्रस्ताव गरिएको ‘स्रोतले बताएको छ । यो समाचार आजको कान्तिपुर दैनिकामा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *