नेपाल टेलिकमले सिम एक्टिभेट र रिचार्ज गर्न सहज ब्यवस्था गर्याे

इन्भेष्टोपेपर ।  श्रायण १४, २०७७

नेपाल टेलिकमका विभिन्न सेवाहरुको Top Up (रिचार्ज) गर्नका लागि USSD Code *412# प्रयोग गर्न सकिने भएको छ ।

कम्पनीको जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप (SIP) सेवाहरुको Top Up (रिचार्ज) USSD Code प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।

त्यसैगरी नयाँ सिम Activate गर्न हाल १४१५ मा कल गरी First Call Activation (FCA) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *1415# डायल गरी FCA गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट (www.ntc.net.np) मार्फत TopUP (रिचार्ज) गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको Top Up (रिचार्ज) समेत थप सहज रुपले गर्न सकिने अपेक्षा गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *