नेपालकाे सामु जीतकाे लागि १४६ रनकाे लक्ष
Investopaper, असाैज २२, २०७६
ओमानमा जारी पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा नेपाल सामु जीतकाे लागि १४६ रनकाे लक्ष पार गर्नु पर्नेछ । निर्धारित २० ओभरमा आयरलैण्डले ८ विकेटकाे क्षतिमा १४५ रन बनाएकाे छ ।
आयरलैण्डका कप्तान पाैल स्टरलिंग र एण्ड्रीउ बाहेक अन्य खेलाडी खासै जम्न सकेनन । तर आठाै नम्वरमा आएका स्टुअर्ड थम्पसनले करण केसिकाे अन्तम ओभरमा विष्फाेटक व्याटिंग गर्दै ११ बलमा २१ जाेडेर आयरलैण्लाइ १४५ रनमा पुर्याए ।
कप्तान पाैल स्टरलिंगले ४७ बलकाे सामना गरि ५९ रन बनाए भने एण्ड्रीउले २८ बलमा ३८ रन बनाए । आयरलैण्डकाे तर्फबाट कुल ५ वटा छक्का प्रहार भएकाे थियाे, जसमध्ये पाैल स्टरलिंग काे २, थम्पसनकाे २ र एण्ड्रीउकाे १ रह्याे ।
नेपाली बलरहरूकाे प्रदर्शन सन्ताेषजनक नै रह्याे । सन्दीप लामिछाने र अविनास वाेहराले क्रमश २१ र २२ रन दिएर २/२ विकेट हात पारे भने ललित राजबंशिले २३ रन खर्चिएर १ विकेट झारे । करण केसिकाे अन्तिम ओभर खर्चिलाे बन्याे जुनमा १६ रन बन्याे । उनले ३८ रन दिएर १ विकेट हात पारे ।
साेमपाल कामी र पारस खडकालाइ कुनै सफलता मिलेन । यस अघिका दुइ म्याचहरू नेपालले जितिसकेकाे छ ।

