नेवार समूदायले आज पनि भाइटिका लगाउदै, देशभर सार्वजनिक बिदा

इन्भेष्टाेपेपर ।  मङ्सिर २, २०७७

काठमाडौं । नेपालमा नेवार समुदायले आज किजापूजा अर्थात् भाइटिका मनाउने कार्य भैरहेको छ। हिजो म्हःपूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले आज किजापूजा अर्थात् भाइटिका लगाउन लागेका हुन्। यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटिका लगाउन लागिएको हो ।

नेवार समुदायको भाइटिका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । धेरैजसोले भने मंसिर १ गते नै भाइटिका लगाएका छन् । नेपाल पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटिकाको दिनसम्म  सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो। तर, नेवार समुदायले भाइटिका मंसिर २ गते मनाउने भन्दै विदा दिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले आजपनि सार्वजनिक विदा दिएको हो।

हिजो नेपाल सम्वतको नयाँ वर्ष ११४१ भएकाले आज किजापूजा मनाउन लागिएको हो। नेपाल पञ्चांग निर्णायक समितिले भाइटिकाकै दिन म्हःपूजा गर्ने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार कतिपयले हिजो नै म्हःपूजा गरे।

कतिपयले भने भाइटिकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हःपूजा गरेका थिए। तिथिको घटबढले आज किजापूजा पर्न गएको हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *