प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते अपराह्न ४ बजे

इन्भेष्टाेपेपर । फागुन १७, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत सोमवार जानकारी दिनुभएकाे छ ।  

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *