बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित

Investopaper, भाद्र ०४, २०७६

बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयका लागि भन्दै सो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

संघीय संसदको अर्थसमितिको पत्रका आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको जानकारी सहितकाे सूचना प्रकाशित गरेकाे छ । अर्थसमितिले अध्ययन गरिरहेको विषयमा ब्रोकर लाइसेन्स बाँड्नु उचित देखिएन, यसकारण केही समयका लागि स्थगित भएको जनाइएकाे छ ।

संघीय संसदको अर्थ समितिले वाणिज्य बैंकको सहायक कम्पनीलाई इजाजत दिनुभन्दा पहिला अनुसन्धानका लागि भन्दै साउन २९ गते साँसद रामकुमारी झाँक्रीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो। समितिका सदस्यहरुमा प्रमिला राई, मेटमणि चौधरी, रामबाबुकुमार यादव र हेमकुमार राई छन् ।

अध्ययनका लागि उपसमितिलाई दुई महिनाको समयमावधि दिईएको छ । याे अवधिभित्र उपसमितिले वैंकका सहायक कम्पनीहरूलाइ ब्राेकर लाइसेन्स दिदा पर्ने प्रभाव, भित्रि काराेवारकाे जाेखिम, नियन्त्रण प्रणाली आदि विषयमा अध्ययन अनुसन्धान गरि प्रतिवेदन बुझाउने छ ।

माैद्रिक नीतिमा व्यवस्था भएपछि ब्रोकर लाइसेन्सका लागि करिब एक दर्जन बैंकका सहायक कम्पनीले नेप्सेमा आवेदन दिएका छन् । अन्य कम्पनीहरू पनि ब्राेकर लाइसेन्सकाे लागि आन्तरिक तयारीमा छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *