मिर्मिरे लघुवित्तको वित्तीय विवरण सार्वजनिक : खुद नाफामा छलाँङ

Investopaper, कार्तिक १४, २०७६

मिर्मिरे लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा छलाँङ मारेकाे वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफा २६७.३३ प्रतिशतले बढाएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासका ५८ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसरी प्रगतिमा छलाँङ मारेकाे हाे ।

गत वर्ष २ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा ५ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

त्यसैगरी लघुवित्तले सञ्चालन नाफा समेत ६७ लाख ७१ हजार रुपैयाँबाट बढाएर ३ करोड १२ लाख रुपैयाँ पुर्याएको छ।

मिर्मिरे लघुवित्तका प्रमुख वित्तीय सूचकाँकहरूः

  • लघुवित्तले चुक्ता पूँजी १० करोड ३८ लाख रुपैयाँबाट बढाएर १२ करोड ८७ लाख रुपैयाँ पुर्याएको छ
  • जगेडा कोष ७ करोड ५९ लाख रुपैयाँबाट बढाएर ११ करोड ६३ लाख रुपैयाँ पुर्याएको छ।
  • प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ३७ पैसा रहेको
  • प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ३१ पैसा छ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *