मुक्तिनाथ विकास बैंकले गर्यो मृतकको ऋण मिनाहा र फिर्ता

पुस २१, २०७६ | Investopaper

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहनुभएकी मोहोनी माया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. मोहोनी माया थापा मगरको श्रीमान श्री भूपाल थापा मगर लाई बैँकका दमौली शाखा का शाखा प्रमुख श्री उदयराज तिमिल्सिना, साना तथा लघुवैकिङ्क प्रमुख श्री धु्रव राज घिमिरे ,वडा सदस्य श्री सुर वहादुर थापाले संयुक्त रुपमा भुक्तानी साँवा र ब्याज बापतको रकम रु. ५४,२७८/– ( अक्षरेपी चौउन्न हजार दुई सय अठहतर रुपैयाँ मात्र ) र काज किरिया खर्च रु ५,०००/– ( अक्षरेपी पाँच हजार मात्र ) समेत गरी रु ५९,२७८/–( अक्षरेपी उन्नसाठी हजार दुई सय अठहतर रुपैयाँ मात्र ) बराबरको चेक हस्तान्तरण गरेको र तिर्न बाँकी रहेको कर्जा रु २,११,४४०/– (अक्षरेपी दुई लाख एघार हजार चार सय चालिस रुपैयाँ ) समेत मिनाहा गरिएको बैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *