राष्ट्रिय वाणिज्य बैंक संचालक समितिको अध्यक्षमा धनिराम शर्मा
इन्भेष्टाेपेपर । पुष २४, २०७७
राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिकाे अध्यक्ष धनिराम शर्मा नियुक्त हुनुभएकाे छ । बैंक संचालक समितिको बिहिबार बसेको बैठकले शर्मालाई अध्यक्षमा चयन गरेको हो ।
नव नियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।
शर्मा अर्थ मन्त्रालयका सह सचिव हुनुहुन्छ भने उहाँ यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयकाे तर्फबाट बैंकको संचालकको रुपमा नियुक्त भै कार्यरत हुनुहुन्थ्याे ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर द्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
