लकडाउन खाेल्न नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघकाे अनुराेध

इन्भेष्टोपेपर ।  जेष्ठ  २३, २०७७

२०७६ साल चैत्र ११ गतेदेखि शुरू गरिएकाे लकडाउनका कारणले साना व्यबसायी मर्कामा परेका कारणले नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघले लकडाउन खुला गर्न सरकार समक्ष अपिल गरेकाे छ ।

देशै ठप्प हुनेगरि लामाे समयसम्म लकडमउन गर्दा पनि काेराेना संक्रमणमा खासै असर नपरेकाे तथा संक्रमित बढीरहेकाे हुँदा अन्य उपायहरू अवलम्बनगरि लकडाउन सरलीकरण गर्न अनुराेध गरिएकाे हाे ।

यस उद्योगसंग सम्बन्धित बिसौं हजार मजदुरको भविष्यलाई ध्यानमा राखि उद्योगलाई सुचारु गर्न आवश्यक स्वास्थ्य सुरक्षाहरु अपनाई Green Zone, Yellow Zoneमा रहेका हाम्रो उद्योगहरुलाई लकडाउन खोलि सहयोग गरिदिनु हुन हामी नेपाल सरकारमा विनम्र अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएकाे छ ।

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघकाे विज्ञप्तिः

विश्वलाई नै आक्रान्त पार्ने गरि फैलिएको काेभिड-१९ को जोखिमलाई मध्य नजर गरि त्यस अनुरुप नेपाल सरकारले गत २०७६ चैत्र ११ गते देखि काेभिड-१९ को रोकथामको लागि लकडाउन गरि आएकोमा विगतको तथ्याड्ढ हेर्ने हो भने लकडाउन सुरुवातको समय भन्दा अहिले झन व्यापक रुपमा कोरोनाको संक्रमण बढदै गएको हामी सबैलाई विदितै छ ।

लकडाउन कायम हुदाँ पनि यति धेरै कोरोनाको संक्रमण बढ्न लकडाउनले मात्र खासै निर्मुल गरिएको पाइएन । केहि हद सम्म रोग फैलन लकडाउनले सहयोग गरेको होला तर सत प्रतिशत रोकथाम गर्ने काम हुन सकेन । यसको मुख्य कारण भनेको जनमानसमा स्वस्थ्य सम्बन्धि ज्ञानको कमि हुनु, भारतबाट अन्यत्रित रुपमा भित्रिएको नेपालीको काेभिड-१९ को स्वस्थ्य परिक्षण हुन नसक्नु र क्वारेन्टाइन स्थलहरु अव्यवस्थित र लापरवाहीले गर्दा यो रोग बढन गएको देखिन्छ । जबसम्म क्वारेन्टाइनको उचित व्यवस्थापन, जनमानसमा स्वस्थ्यसम्बन्धि सचेतना र भारतबाट स्वदेश फर्किएका नागरिकहरुको राम्रो चेकजाँच हुदैन तबसम्म लकडाउनले मात्रै यस माहामारी निर्मुल पार्न सकिदैन ।

तसर्थ, हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको मुलुक यति लामो समय लकडाउनको सामाना गर्न सक्दैन । यस नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघमा आवद्ध उद्यमी, यसका कर्मचारीहरु, कामदारहरु ठूलो मार्कामा परिरहेका छन् । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख श्रोतहरुमध्ये यस ऊनी फेल्ट व्यवसायीको पनि ठूलो योगदान छ ।

नेपालबाट वार्षिक ३ अर्ब भन्दा बढि निर्यात हुने हस्तकलाजन्य बस्तुहरुमध्ये प्रथम स्थान लिएको ऊनी जन्य फेल्ट बस्तु उत्पादन गर्ने उद्योगहरुले २० हजार भन्दा बढि कामदारहरुलाई रोजगारि दिइरहेकोमा विगत तीन महिना देखि विदेशी मुद्रा देशमा भित्रिने क्रम बन्द छ, उद्योग धन्दा बन्द छ, निर्यात बन्द छ, र यसमा आवद्ध कामदारहरुलाई दैनिक गुजारा गर्न धेरै कठिन अवस्था भईसकेको छ । हामीले विदेशबाट प्राप्त गरेको अर्डर (माग) हरुलाई समयमा उत्पादन गरि निर्यात गरि गन्तव्य स्थानमा पु¥याउन सकेन भने हाम्रो वर्ष भरिको सबै परिश्रम खेर जाने, अर्डरहरु क्यान्सिल हुने, बैंकको सावा व्याज तिर्न गाह्रो हुने, नेपाल सरकारलाई कर बुझाउन गाह्रो हुने, स्टाफलाई तलब दिन गाह्रो हुने, भएको बजार पनि गुम्दै जाने र नेपाली फेल्ट उद्यमी र राष्ट्रको विश्वस्नीयतामा प्रश्न चिन्ह उठ्नेछ ।

तसर्थ हाम्रो यस उद्योगसंग सम्बन्धित बिसौं हजार मजदुरको भविष्यलाई ध्यानमा राखि उद्योगलाई सुचारु गर्न आवश्यक स्वास्थ्य सुरक्षाहरु अपनाई Green Zone, Yellow Zone मा रहेका हाम्रो उद्योगहरुलाई लकडाउन खोलि सहयोग गरिदिनु हुन हामी नेपाल सरकारमा विनम्र अनुरोध गर्दछौं ।

नेपाल सरकारबाट हालै जारी भएको बजेट भाषणमा निर्यात मुलक ब्यवसायीहरुका लागि कुनै राम्रो प्याकेज नआएको, पुर्नकर्जाको व्यवस्था नभएको, नगद अनुदान प्राप्तीको सरलीकरण नभएको अवगत गराउँदछौं ।

              चक्रमणी देवकोटा 
                 महासचिव
   नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *