सधैँ स्वस्थ रहन कुन ब्लड ग्रुपले कस्तो डाइट खाने ? जानी राखौँ
इन्भेष्टोपेपर । जेष्ठ १०, २०७८
यदि तपाई वजन कम गर्न चाहनुहुन्छ र यसको लागि उचित आहारको योजनालाई पछ्याउँदै हुनुहुन्छ भने ब्लड ग्रुपको अनुसार उचित आहार छनौट गर्दा फाइदा दुई गुणा बढी प्राप्त हुन्छ । यति मात्र होइन, स्वास्थ्य सम्बन्धि सानो-सानो समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । ब्लड ग्रुपका अनुसार उचित आहारको उल्लेख यसप्रकार गरिएको छ ।
‘ए‘ ब्लड ग्रुप
- मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजन बढी सेवन गर्नुपर्दछ ।
- यस समूहको मानिसको पाचन शक्ति अन्य तुलनामा कमजोर हुन्छ, जसले दूधबाट बनेको चीज र मांसाहारीलाई सजिलै पचाउन सक्दैन । यस्तो अवस्थामा पेट सम्बन्धि विभिन्न समस्याहरूको सम्भावना बनिरहन्छ ।
- आफ्नो भोजनमा फलफूल र सागसब्जीको प्रयोग अधिक मात्रामा गर्नुपर्दछ ।
- मेवा, आँप, सुन्तला, सिमी, बोडी, सोयाबिन आदिको प्रयोग गर्नुहोस् । यदि मांसाहारी भोजन खाने इच्छा भएमा रातो मासुको स्थानमा माछाको प्रयोग गर्न सकिन्छ । राजमाको सेवनबाट टाढा रहनुपर्दछ ।
‘बी‘ ब्लड ग्रुप
- तपाईले सन्तुलित मात्रामा दूध र यसबाट बनेको पदार्थ, मासु-माछाको सेवन गर्न सक्नुहुन्छ ।
- तर केही खाद्य पदार्थ जस्तै: मसुरो, अरहर, तिल, मकै, कोदो र चना आदिको सेवन एकदमै न्यून गर्नुपर्दछ ।
- यस समूहको मानिसकालाई अत्यधिक गहुँ र टमाटरको सेवन निकै फाइदाजनक हुन्छ ।
- वजन नियन्त्रण गर्नका लागि मकै, मम्फली, चिकन, गहुँको सेवन गर्नुहुँदैन । अण्डा, मासु, हरियो सागसब्जी र ग्रीन टी वजनको विषयमा निकै फाइदाजनक हुन्छ ।
‘एबी‘ ब्लड ग्रुप
- जो मानिसको ब्लड ग्रुप ‘एबी’ हुन्छ, उनीहरूमा ए र बी दुवै ब्लड ग्रुपको लक्षण पाईन्छ ।
- यो समूहको मानिसले पनि अधिक शाकाहारी भोजन सेवन गर्नुपर्दछ, जसमा फलफूल र सागसब्जी समावेश गर्नुपर्दछ ।
- सकेसम्म चिकन र मकै जस्ता चीजहरूबाट टाढा रहनुपर्दछ ।
- वजन कम गर्नका लागि रातो मासु र राजमाको सेवन गर्नुहुँदैन । सोयाबिनको पनीर, सी फूड, डेयरी उत्पादन जस्ता चीजहरू वजन कम गर्न सहायक हुनसक्छ । भुइँकटहर फाइदाजनक हुन्छ ।
‘ओ‘ ब्लड ग्रुप
- यदि तपाईको ब्लड ग्रुप ‘ओ’ हो भने हाईप्रोटीन आहार सेवन गर्नुपर्दछ ।
- कार्बोहाइड्रेटको साथ-साथै फलफूल र सागसब्जीको सेवन तपाईको लागि फाइदाजनक हुन्छ ।
- रातो मासु, सी फूड, पालक, ब्रोकोली वजन कम गर्न मद्दत गर्छ ।
— एजेन्सीकाे सहयाेगमा
