सनराइज बैंकले घाेषणा गर्यो लाभांश, बाेनस कति ?
Investopaper, असाैज ०१, २०७६
सनराइज बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट बैंकका शेयरधनी महानुभावकाे लागि १५.८० प्रतिशत लाभांश घोषणा गरेको छ।
यही भदौ ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ११.५० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
बैंकले नियमक निकायलाइ गराएकाे जानकारी पत्र यस प्रकार छ ।

