स्वाभिमान लघुवित्तकाे आकर्षक लाभांशः बाेनस कति ?

Investopaper, भाद्र २९, २०७६

यसै बर्ष सर्व साधारणकाे लागि आईपिओ बिक्री गरेको स्वाभिमान लघुवित्तले पहिलो वर्षमा नै शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने भएको छ।

यही भदौ २६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई २५.२७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।

कम्पनीकाे चुक्ता पूँजीको २४ प्रतिशतले हुन आउने १ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.२७ प्रतिशतले हुन आउने ७ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २५.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ। प्रस्तावित २४ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ  पुग्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बेंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *