३७९ वर्ष पुरानो कात्तिक नाच यसवर्ष दुई दिन मात्र प्रदर्शन गरिने

इन्भेष्टाेपेपर ।  मङ्सिर ५, २०७७

काठमाण्डाै — ३७९ वर्ष पुरानो  ऐतिहासिक कात्तिक नाच यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण दुई दिन मात्र प्रदर्शन गरिने भएको छ । विगतका वर्षहरुमा १२ दिनसम्म संचालन भएको कात्तिक नाच यसवर्ष कोरोनाका कारण दुई दिन मात्र देखाउने निर्णय भएको हो।

हिजो ललितपुर महानगरपालिकामा  ऐतिहासिक नाचसँग सम्बन्धित सरोकारवालाहरूको बैठकले कोरोना भाइरस सङ्क्रमणका कारण मंसिर १२ र १३ गते बराह अवतार, नृसिहं अवतार प्रदर्शन गरिने निर्णय भएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनु भयो । 

विगतका वर्षहरूमा सुदामा, भक्त सुरदास, बाथ , युद्ध कला, देवी नृत्य, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण, दधिलीला लगायतका नाच देखाइएकोमा यसवर्ष सङ्क्रमणका कारण बराह र नृसिहं अवतारमा मात्र सिमित गरिन लागेको उहाँले बताउनु भयो।

यो नाच ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालामा ८ दिन संचालन भएको थियो भने राजा श्रीनिवास मल्लको पालामा १५ दिन देखाइएको थियो । पछि २७ दिनसम्म पनि संचालन भएको थियो । तान्त्रिक विधिमा आधारित कात्तिक नाचका धेरैजसो घटना विष्णु पुराणका कथासँग सम्बन्धित छन् ।

ललितपुरका राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदायभित्रको विभिन्न जातको प्रतिनिधित्व हुने ऐतिहासिक नाच नेपाल सम्बत ७६१ (विसं १६९७०) देखि लगातार पाटन दरबार क्षेत्रमा रहेको  कात्तिक दबलिमा प्रदर्शन गरिँदै आएको छ। उज्यालाे खवरबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *