टन्सिलको लक्षण, सावधानी तथा घरेलु उपचार विधि

इन्भेष्टोपेपर । भाद्र २०, २०७७

टन्सिल भनेको घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने (इन्फ्लामेसन) समस्या हो। यो एक प्रकारको गला सुन्निने समस्या (फ्यारिन्जाइटिस) हो । टन्सिल भयो भनेर डक्टरकोमा हतारिएर जानु भन्दा पहिले घरमा उपलब्ध सामग्री प्रयोग गर्दा राम्रो हुन्छ किनकि घरकै सामग्रीले पनि निको हुन्छ सक्छ टन्सिल ।

यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्दा निकाे हुन सक्छ ।

टन्सिलबाट बच्न अपनाउनु पर्ने साबधानीः

टन्सिलको समस्या प्राय औधि चिसो वा गर्मी चिज खानाले हुन्छ । त्यसैले टन्सिलबाट बच्न तथा भएको छ भने चिसो कुरा खान बन्द गरौं । यस्ता फल र आहारबाट बच्नुस जुन पेटभित्र गएपछि चिसो हुन्छ । यसका अलावा अत्यधिक तेल, मसला र खुर्सानीवाला खानाबाट पनि टाढै रहनुपर्छ ।

टन्सिलको लक्षणः

  • घाँटी दुख्ने, टन्सिल बढ्दै जाने
  • निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने
  • थुक निल्न पनि गाह्रो हुने
  • ज्वरो आउने – टाउको दुख्ने
  • टन्सिलमा पिप देखिने
  • खाना खान मन नलाग्ने
  • आलस्य हुने घाँटीको ग्रन्थीहरू सुन्निने
  • वान्ता हुने तथा
  • पेट पनि दुख्न सक्छ ।

टन्सिलकाे घरेलु उपचार विधि वा टन्सिल भयो भने यसो गर्नेः

१. तातो पानीले कुल्ला गर्नेः

टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने र त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ ।

२. बेसार पानी खानेः

बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटिक्स नै हो । बेसार शुद्ध चाहि हुनुपर्छ । शुद्ध किन भनिएको भने, अहिले बजारमा पाइने बेसारमा अनेक मिश्रण हुन्छ । त्यसैले गाउँघरको बेसार प्रयोग गरौं । बेसारलाई तातो पानीमा घोल्ने र त्यसले कुल्ला गर्ने वा खाने गरौं । यसले प्रभावकारी काम गर्छ ।

३. तुलसी चपाउनेः

तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउनुपर्छ, राहत मिल्छ । साथै यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउनुपर्छ ।

४. मह र दालचिनीः

दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलमा फाइदाजनक हुन्छन् । यसका लािग अलिकति दालचिनी पिस्नुस । त्यसपछि दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरौं । यसबाट दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।

५. हर्बल चियाः

हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ ।

यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ । हर्बल चिया बनाउनका लागि ग्रीन टीमा ल्वाङ, अलैंची र दालचीनी मिलाएर पिउन सकिन्छ । यसका साथै अदूवा र महयुक्त चिया पनि टन्सिलको उपचारमा प्रभावकारी हुन सक्छ ।

६. लसुन या ल्वाङको प्रयोगः

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।
हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ ।

७. चूक अमिलोको प्रयोगः

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ ।

८. अत्याधिक पानीः

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ ।

९. चिकेन सुपः

चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खानसकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ ।

१०. लसुन या ल्वाङः

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *