आज साताकाे अन्तिम दिन सुनचाँदीको भाउमा भारी गिरावट

इन्भेष्टाेपेपर । कार्तिक २७, २०८३

काठमाण्डौ । आज साताकाे अन्तिम दिन सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १२ हजार ६०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो ।

सुनको भाउ आज तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि गएको सोमवार सुन तोलाको २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

हिजो, अस्ति र गएको मंगलबार तीन दिन सुनको कारोबार भएन । त्यस्तै आज चाँदीको भाउ १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कारोबार भईरहेको छ ।

यसअघि सोमवार चाँदी तोलाको ३ हजार ८५५ रुपैयाँमा करोबार भएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *