ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर बलेवामा

इन्भेष्टोपेपर । भाद्र २९, २०७७

ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । याे सहित बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।

बाग्लुङ्ग नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा खुलेकाे यो एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले गर्नुभएको हो ।

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखासहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फतआफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवाप् रदान गर्दै आइरहेकोछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *