एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु
इन्भेष्टाेपेपर । मंसिर २, २०८३
काठमाडौँ । स्थानीय तह निर्वाचनको तयारी र पार्टीलाई सुदृढ बनाउने लक्ष्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरुवामा पानी हालेर दुईदिने भेलाको उद्घाटन गर्नुभयो । भेलामा पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
पार्टीका सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्गठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल तीन हजार ५१४ जनाको सहभागिता रहने छ । रासस
