डोलोमाइडकाे चट्टान नेपालमै भेटियाे, उत्खनन गर्ने तयारी

इन्भेष्टाेपेपर । असाैज १८, २०७७ 

बैतडी । सरकारले रासायनिक मल बनाउने कारखानाका लागि डोलोमाइड चट्टान नेपालमा नै उत्खनन गर्ने तयारी गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ बसौरामा डोलोमाइड चट्टान पत्ता लागेपछि खानी तथा भूगर्भ विभागले रासायनिक मल बनाउने कारखानाका लागि सो चट्टान उत्खनन गर्ने तयारी गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उदघाटन पनि गर्नु भएकाेछ । उदघाटन कार्यक्रममा मन्त्री भट्टले मलखादमा प्रयोग हुने फस्फोराइडको नेपालमा उद्योग नरहेकाले दोगडाकेदारमा गरिएको परीक्षण सफल भए उद्योग नै स्थापना गरिने बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘उद्योग स्थापना भएपछि रोजगारीको समस्या हट्दै जानेछ ।’

नेपालमा रहेका थुप्रै खानी तथा खनिज पदार्थको उत्खनन गरी रोजगारीको सिर्जना गर्न सकिने बताउँदै उहाँले भन्नुभयाे, ‘अब हरेक क्षेत्रलाई रोजगारीसँग जोडेर अगाडि बढ्नुपर्छ ।’

यसअघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राविधिकको टोली बैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्का र भूगर्भविद् सुजन देवकोटालगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि बैतडीको दोगडाकेदार पुगेको थियो ।

गाउँपालिकामा परीक्षण गरिएको स्थानमा फस्फोरस भएको पुष्टि भएमा यस क्षेत्रको आर्थिक समृद्धि र रोजगारीमा सहयोग पुग्ने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनु भयाे । फस्फोराइड खानीमा ५० मिटर गहिरो प्वाल पारेर परीक्षण गरिएको छ । जहाँ फस्फोराइड भएको तथ्य पुष्टि छ । अब उत्खनन गरेर उद्योग नै सुरु गरिनेछ एक सरकारी अधिकारीले जानकारी गराउनु भयाे । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *