आईपीएलमा बैंग्लोरद्वारा राजस्थान ८ विकेटले पराजित
इन्भेष्टाेपेपर । असाैज १८, २०७७
आईपीएलको शनिबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ। युएईको अबुधाविमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाएको थियो।
राजस्थानका लागि जोस बट्लरले २२, रोविन उथप्पाले १७, महिपाल लोम्रोरले ४७, रियान परागले १६, राहुल टेवटियाले २४ र जोफ्रा आर्चरले १६ रन जोडे। बलिङतर्फ बैंग्लोरका युवेन्द्र चाहलले तीन, इसुरु उडानाले २ र नवदीप सैनीले एक विकेट लिएका थिए।
१५५ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रेको बैंग्लोरले १९ ओभर १ बलमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। बैंग्लोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रन बनाए। यस्तै देवदत्त पाडिक्कलले ६३, एबी डि भिलियर्सले १२ र आरोन फिन्चले ८ रन बनाए।
यस म्याचमा चार ओभरमा २४ रन दिएर ३ विकेट लिएका युजवेन्द्र चाहाल म्यान अफ द म्याच घाेषित भएकाछन ।