नेपालमा कोरोना संक्रमित १ लाख नाघे, सक्रिय संक्रमित २७ हजार

इन्भेष्टाेपेपर । असाैज २३, २०७७

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो चौबीस घण्टामा १३ हजार २ सय ७९ वटा नमूनाकाे परीक्षण गरिएकाेमा साे संख्यामा संक्रमित थपिएकाै मन्त्रालयले जनाएकाे छ ।

यसैगरि पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । हाल २७ हजार ५३ जना भाइरसको सक्रिय संक्रमणमै रहेका छन् । अहिले यी हाेम तथा संस्थागत आइसाेलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार ७ सय ३ जना रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको मन्त्रालयले बताएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *