गण्डकी प्रदेश सरकारले युवा लक्षित नि:शुल्क तालीमकाे लागि आवेदन माग्याे

इन्भेष्टाेपेपर । असाैज २३, २०७७

काठमाडौं । कोभिड १९ का कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएकाहरुलाई प्राथमिकता राखेर गण्डकी प्रदेश सरकाले तालिम दिने भएको छ । गण्डकी प्रदेश भित्रका रिटर्नीहरुलाई प्राथमिकता राख्दै गण्डकी प्रदेश सरकारले विभिन्न १६ प्रकारका सिपमुलक तालिम दिन लागेको हो ।

उद्योग, वाणिज्य तथा उपभोक्त्ता हित संरक्षण निर्देशनालयको आ.व. ०७७/०७८ का लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार कोभिड १९ का कारण स्वदेश वा विदेशमा रोजगार गुमाइ श्रम छोडी घर फर्केका बेरोजगार वा अन्य वेरोजगार व्यक्तिहरुका लागि रोजगार श्रृजना गर्ने उद्देश्यले तालिम दिन लागिएको जनाइएको छ ।

प्लम्बर, मोटर साइकल मर्मत, इलेक्ट्रॉनिक्स फ्रिज, वाशिंग मेसिन ए.सी. मर्मत), लेथ अपरेटर(मेशनरी सामानको पाट पूर्जा वनाउने), छालाजुत्ता, चप्पल, झोला बनाउने, सिलाई कटाई,पेन्टिङ्ग (रंगरोगन),आल्युनियम फिटिगको तालिम रहेको छ त्यस्तैगरी गाडी मर्मत, इलेक्ट्रिकल वायरिंग, मोबाइल मर्मत, कम्प्युटर/ल्यापटप मर्मत, वायल्डीङ्ग ग्रील, सुनचाँदी(कालिगढ), टायल मार्बल विछ्याउने र हेयरकटिङ्ग तालिम दिईने जनाइको छ ।

१६ प्रकारका तालिम मध्ये कुनै एक तालिम लिन इच्छुक नेपाली नागरिकहरुले नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्र भए सोको प्रतिलिपि, यस अगाडि यस्तै वा अन्य सीपमूलक तालिम लिएको भए सो को प्रमाण र हाल कुनै पेशा वा रोजगार भए सोको विवरण संलग्न गरी यस प्रदेश अन्तगर्तका आफू वसोवास गर्ने जिल्लाको घरेलु तथा साना उद्योग कार्यालय वा यस निर्देशनालयमा सिधै वा इमेल ठेगाना iccrpokhara@gmailcom मा कार्त्तिक २० गतेसम्म निवेदन दर्ता गरिसक्नुपर्ने छ ।

तालिमका लागि आवेदन दर्ता भै छनौट भएका प्रशिक्षार्थीहरुको नामावली एंव तालिम कार्यक्रम र स्थान सम्बन्धी सूचना पछि प्रकाशित गरिने जनाइएको छ । २० जना भन्दा कम आवेदक भएमा तालिम संचालन गर्न नसकिने र आवेदकको माग संख्या तथा आवश्यकताको आधारमा तालिम कार्यक्रम थपघट गर्न सकिने सूचनामा उल्लेख छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *