नेपाल इन्भेष्टमेन्ट बैंकको दुई वटा एक्सटेन्सन काउण्टर सञ्चालनमा
इन्भेष्टाेपेपर । कार्तिक ०४, २०७७
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टर शुकुलधोका, भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी वडा न ९ मा विस्तार गरेको छ।
शुकुलधोका एक्सटेन्सन काउन्टर एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गर्नुभएकाे थियाे। मच्छेगाँउ एक्सटेन्सन काउन्टरको कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे थियाे ।
नव स्थापित एक्सटेन्सन काउन्टरहरूले स्थानीय मागलाई पूरा गर्न बैंकिग सेवाहरू प्रदान गर्नेछ र ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ सेवा प्रदान गर्नेछ ।
एनआईबीएलले ८३ शाखा, १२५ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिंग काउन्टरबाट ग्राहकलाई सहयोग पुर्याइरहेको छ।
अनुकरणीय सेवा र व्यवसायका लागि बैंकलाई पाँचवटा बैंक अफ इयर अवार्ड प्राप्तकर्ता भएको यो बैंकलाई अन्तर्राष्ट्रिय प्रकाशन यूरोमीबाट “बेस्ट बैंक २०१८” को लागि यूरोमोनी पुरस्कारबाट मान्यता प्राप्त थियो। यसबाहेक, आईसीआरए नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिंग एजेन्सी – नेपाल) ले बैंकलाई ए को क्रेडिट रेटिंग दिएको छ।
