जिबी र पार्वतीकाे स्वरमा ‘फूल फुल्यो डालीमा’ बाेलकाे म्यूजिक भिडियाे सार्वजनिक
इन्भेष्टाेपेपर । कार्तिक ०४, २०७७
गायक तथा सर्जक जिबी सुनारले दशैकाे बीचमा नेपाली गीत संगीत पारखिहरूका लागि लाेक कोसेली ‘फूल फुल्यो डालीमा’ सार्वजनिक गर्नुभएको छ ।
यस म्यूजिक भिडियाेमा जिबी सुनार र पार्वती भुजेलको स्वरमा रहेको छ भने सुरेश देओल, एलिना बिसी, केशव देवकोटा लगायतको अभिनय रहेको छ ।
जिबीकै शब्द तथा संगीत रहेको म्यूजिक भिडियोमा सुरेश देओलले कोरियोग्राफी गर्नुभएको छ । नजरले तिर नहान भन्दै भन्दै गायिका पार्वतीले जिबीलाई सम्झाउनुभएको छ । जिबीले जवानीमा नमात्न सुझाउनुभएको छ ।
यो गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल युट्युव च्यानलबाट सार्वजनिक भएको छ । दोहोरी साँझमा गीत गाउँदै सांगितिक क्षेत्रमा क्रियाशिल जिबी सुनारले हालसम्म दुई दर्जन बढी आधुनिक, लोक तथा तीज गीतका एल्बम निकाल्नु भैसकेको छ ।
