आज नेप्सेमा पाँच अंकको गिरावट, करिब ३ अर्बकाे काराेबार

इन्भेष्टाेपेपर । कार्तिक १७, २०७७

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ४.७२ विन्दुले घटेर एक हजार ६४०.९५ मा ओर्लेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४१ ले घटेर ३२६.६३ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कूल १९६ कम्पनीको एक करोड ६ लाख २६ हजार ५१४ कित्ता शेयर रु दुई अर्ब ९३ करोड नौ लाख ३९ हजार ७ मूल्यमा खरीदबिक्री भए ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो तथा सात उपसमूहको शेयर ओरालो लागेका छन् । व्यापार २४.३७, जलविद्युत् १९.३१, निर्जीवन बीमा १०.४५, अन्य ५.३६ र लघुवित्त २९.४१ विन्दुले बढेका छन् । यस्तै बैंकिङ १४.५५, होटल १५.२९, विकास बैंक ६.९८, वित्त २.१८, उत्पादन १५.२१, जीवन बीमा ७.४५ र सामूहिक लगानी कोष ०.०१ ले ओरालो लागेका छन् ।

कारोबारका आधारमा आज शिवश्री हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २३ करोड २७ लाख ७२ हजार ९२५ बराबरको कारोबार भयो । यस्तै अपी पावर कम्पनी रु १६ करोड ८७ लाख ६० हजार ४९६, प्राइम बैंक रु १५ करोड ६८ लाख ८६ हजार ६९४, एचआइडिसिएल रु १२ करोड २४ लाख ४९ हजार ९३८, एनआइसी एशिया बैंक रु १० करोड ७७ लाख ४६ हजार ६८०, सानिमा बैंक रु १० करोड ६३ हजार र नेपाल बैंक रु नौ करोड तीन लाख ९६ हजार ३९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज विशाल बजार कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी नेपाल फाइनान्सका लगानीकर्ताले समान १०-१० प्रतिशतले कमाउँदा शिवश्री हाइड्रोपावर ९.८५, एचआइडिसिएल ९.७६, नेरुडे लघुवित्त ९.५६, रैराङ हाइड्रोपावर ६ र अपी पावर कम्पनीका लगानीकर्ताले ५.७३ प्रतिशतले कमाए । त्यस्तै सानिमा इक्विटी फण्ड ५.३०, स्टयाण्डर्ड बैंक ३.९५, जनरल इन्स्योरेन्स कम्पनी ३.७३, कर्णाली डेभलपमेन्ट बैंक ३.४०, सनराइज बैंक ३.३५, सेन्ट्रल फाइनान्स २.९१ र नेपाल हाइड्रोका लगानीकर्ताले २.७१ प्रतिशतले गुमाए । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *