मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा छुट

इन्भेष्टाेपेपर । कार्तिक १९, २०७७

मुक्तिनाथ विकास बैंक लि.ले आफ्नाभिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता भएका व्यवसायिक संस्थाहरु मध्ये ब्लुक्रस अस्पताल त्रिपुरेश्वर र धुलिखेल माउण्टेन रिर्सोटमा १० प्रतिशत छुट उपलव्ध हुने छ भने स्तुपा रिर्सोट नगरकोट, जम्बाला रिर्सोट खोटाङ्ग, ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन तथा ओडान ग्रुप अफ कम्पनीमा १५ प्रतिशत छुट हुनेछ ।

यसैगरि देव कर्नर ज्वेलरी काठमाडौंकाे गरगहना सम्बन्धी सेवामा ३० % सम्म छ्रट पाइने बैंकले जनाएकाे छ ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा लिएको बैंकले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *