साफ च्याम्पियनसीप फुटबल आगामी वर्ष बंगलादेशमा हुने

इन्भेष्टाेपेपर । पुष १४, २०७७ 

काठमाडौँ, । साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ साफ को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक गरिएको हो । बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ ।

महिला यू–१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै  पुरुषतर्फ साफ यू–१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यू–१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । ती प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *