मानव सेवा आश्रमका आश्रितलाई निःशुल्क औषधि

इन्भेष्टाेपेपर । माघ २५, २०७७

काठमाडौँ — मानव सेवा आश्रमका विभिन्न शाखामा आश्रय लिएका ३०० व्यक्तिलाई रोग प्रतिरोधी क्षमता वृद्धि गर्न गुर्जोको धुलो, चिया र औषधि वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले भक्तपुर जिल्लाको कौशलटारमा रहेका ७०, ललितपुरको हात्तीवनमा रहेका ७०, काठमाडौँको सामाखुशीमा रहेका ६५, बूढानीलकण्ठमा रहेका ८० तथा तिनीहरूको हेरचाह गर्ने समेतलाई करिब तीन महिना पुग्ने गरी गुर्जाेबाट बनेको चिया प्याकेट र गुर्जाेसहितको धुलो औषधि हस्तान्तरण गर्नुभयो ।

आश्रितहरूमा मनोवल उच्च पार्न गुर्जाेको चियाको र धुलो औषधि सेवनबाट जवान र पहलपान भएको अनुभूति गराइएको थियो । यसैगरी शनिबार बिहान हनुमन्ते सरसफाइ अभियान र रूद्रमती सफाइ अभियानमा उपस्थितलाई समेत गुर्जाेको चिया सेवन गराउँदै प्याकेट वितरण गरिएको थियो । विसं २०७७ वैशाखदेखि चलाएको गुर्जाेको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ ।

पाँच हजारभन्दा बढी कोरोना पोजिटिभ भएकालाई गुर्जाेको चिया खुवाउने, धुलो औषधि वितरण भएको छ । गुर्जाेको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढने, शरीरमा बल प्रदान गर्ने, शरीरको विकारलाई बाहिर निकाली स्वस्थ बनाउने काम गर्छ । गर्भवती महिला र पाँच वर्षभन्दा मुनिका बालबालिकाले भने गुर्जोबाट बनेका परिकार सेवन गर्न नहुने जनाइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *