भारतीय सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माविको पुनर्निर्माण सुरु

इन्भेष्टाेपेपर । फागुन २०, २०७७

भारत सरकारको सहयोगमा नेपालको काठमाडौंस्थित दक्षिणकाली नगरपालिकामा बिद्यलय पुननिर्माण कार्य शुरु भएको छ । करिब ६ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरको भारतीय सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माध्यमिक विद्यालयको भुकम्प प्रतिरोधी भवन पुनर्निर्माण कार्य सुरु भएको काठमाडौंस्थित भारतीय दूतावासले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।

नवनिर्मित भवनको संरचनामा दुइवटा ब्लकहरु रहनेछन् जसमा १३ वटा कक्षा कोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तल्लामा छात्र तथा छात्राका लागि छुट्टा छुट्टै सरसफाई संरचना रहनेछन् । विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थानले प्राविधिक सहयोग प्रदान गर्ने जनाइएको छ ।

यो शैक्षिक संस्था भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने ६६ औं विद्यालय हो । भारत सरकारले नेपालका ८ जिल्लामा कूल ७१ शैक्षिक संस्थाहरुको पुनर्निर्माण गर्न ५ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यो बाहेक भारत सरकारले स्वास्थ्य क्षेत्र, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि समेत थप २० करोड अमेरिकी डलरको आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि गरिसकेको छ ।

स्रोतः जी फाईभ

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *