महालक्ष्मीले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने
इन्भेष्टोपेपर । जेष्ठ २७, २०७८
विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमणका कारण जारी निषेधाज्ञाले बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न असहज भएकाले महालक्ष्मी लाइफ इन्सुरेन्सले आम बीमितहरुको समस्यालाई विचार गरी राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेको छ।
२०७८ आषाढ मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई निम्न बमोजिम बिलम्व शुल्क छुट दिने व्यवस्था गरेकाे हाे।
| बीमालेख व्यतित अवधि | बिलम्व शुल्कमा हुने छुट |
| ३ महिना सम्म | १००% |
| ३ महिना माथि – ६ महिना सम्म | ७५% |
| ६ महिना भन्दा माथि | ५०% |
