सेवाेनलाई १५ दिनभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेश जारी भएन
इन्भेष्टोपेपर । असार ६, २०७८
काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड बिरुद्धमा परेको मुद्दामा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । यस मुद्दामा अन्तरिम आदेश जारी गरिरहनु नपर्ने फैसला भएकाे हाे ।
अधिवक्ता रविन बोहजुको रिटमाथि आइतवार सुनुवाई गर्दै सर्वोच्चले आइतवार बोर्डले सार्वजनिक गरेको ५१ ओटा कम्पनीको सुचीसहितको विज्ञप्ति बदर गर्न माग गरेकोमा कारण देखाउ आदेश जारी गरेको हो ।
न्यायाधिश डा कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश नहुने फैसला पनि गरेको छ।

