विद्युतीय बसको चार्जिङ स्टेशनका लागि जग्गा

इन्भेष्टोपेपर । श्रावण १४, २०७

मकवानपुर — वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडाँैं उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ । 

आगामी २०७९ साल जेठको तेस्रो हप्तादेखि उक्त बस सञ्चालन गर्न हेटौँडास्थित वाग्मती प्रदेश यातायात व्यवस्थापन बोर्डलाई काठमाडौँको बसपार्क, चितवनको भरतपुर बसपार्क, नुवाकोटको विदुर बसपार्क र मकवानपुरको हेटौँडा बसपार्कमा विद्युतीय चार्जिङ स्टेशन निर्माणका लागि सरकारले आवश्यक जग्गा उपलब्ध गराएको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिकाको बेलटार, काभ्रेको धुलिखेल र सिन्धुलीको बसपार्कमा जग्गा उपलब्ध गराउन कानूनी प्रक्रिया पूरा भइसकेको बोर्डका कार्यकारी निर्देशक जगदिशप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

आगामी भदौ मसान्तभित्रमा काठमाडौँलगायत छ वटा बसपार्कमा विद्युत् चार्जिङ स्टेशन निर्माण गरिने भएको छ ।विद्युतीय बस सञ्चालनका बोलपत्र आह्वान गरिएकामा अहिले दुईवटा अन्तर्राष्ट्रियस्तरको बोलपत्र दर्ता भएको र  हाल बोलपत्रको मूल्याङ्कन  भइरहेको बोर्डका कार्यकारी निर्देशक ढुङ्गानाले राससलाई बताउनुभयो ।

उहाँका अनुसार सरकारी निकायसँग  समन्वय गरेर विद्युतीय बस खरीद  प्रक्रियालाई पारदर्शी र निष्पक्षताका साथ सार्वजनिकरण गरिनेछ । तीसवटा बस खरिद गरिनेमा २० वटा काठमाडौँ उपत्यकामा र १० वटा उपत्यकाबाहिर सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।सर्वसाधारणले उक्त बसमा यात्रा गर्दा ज्यादै न्यून भाड तिनुपर्ने जनाइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *