आत्मनिर्भर लघुवित्तले साधारण शेयर निष्काशन गर्ने
इन्भेष्टोपेपर । श्रावण १९, २०७८
काठमाण्डाैं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड निष्काशन गर्नुपर्नेे १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाे छ । उक्त कार्य गर्नकाे लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको हाे ।
उक्त सम्झाैतापत्रमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगतबीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठकाबीच हस्ताक्षर भएकाे र निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने भएकाे हाे ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे केन्द्रीय काैयालय घोराही, दाङमा रहेकाे छ । याे लघुवित्त २०७५ सालमा स्थापना भएकाे हाे ।
