हिटलरकी पत्नी इवा ब्राउनको पेन्टी ४ लाख मूल्यमा लिलाम
इन्भेष्टोपेपर । श्रावण १९, २०७८
जर्मन तानाशाह एडोल्फ हिटलरकी पत्नी इवा ब्राउनको ऐतिहासिक पेन्टी झन्डै ४ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको छ । बेलायतको माल्वर्नस्थित फिलिप सेरेल लिलाम घरमा भएको लिलामीका क्रममा अपेक्षा गरिएभन्दा ७ गुणा बढी मूल्यमा इवाको पेन्टी बिकेको हो ।
उक्त पेन्टीलाई ४ सय पाउन्ड पर्ने अनुमान गरिएकोमा २९ सयमा लिलाम भयो । हिटलर पत्नी इवाको ऐनायुक्त चाँदीको बाकस तथा इवाले लगाउने चम्किलो रातो लिपिस्टिक रहेको चाँदीको होल्डर पनि लिलामी भएको छ ।
त्यस्तै रुबी पत्थरयुक्त सुनको औंठी पनि लिलाम भएको छ । लिलाम भएको हिटलर पत्नीको पेन्टीमा तुना तथा रिबनसमेत छ । त्यसैगरी बिसौं सताब्दीको सुरुवातताका हिटलरसँग खिचाएका इवाका केही तस्बिरसमेत एक सय पाउन्डमा बिकेका छन् ।
एकजना निजी संग्रहकर्ताले यी सामान किनेका छन् । तर, उनको नाम भने खुलाइएको छैन । स्मरण रहोस् लामो समय प्रेममा रहेका इवा र हिटलरले आफ्नो मरणको केही समयअघि मात्र बिहे गरेका थिए । (एजेन्सीकाे सहयाेगमा)
