तेह्रथुम पावरको ७ लाख ४४ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि आजदेखि निष्कासन

इन्भेष्टोपेपर । भाद्र ९, २०७

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज (बुधवार)देखि सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता आईपीओ विक्री गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । 

छिटोमा भदौ १३ गतेसम्म यो शेयर विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २३ गतेसम्म विक्रीमा रहनेछ । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

यो शेयरको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पन आवेदन दिन सकिने व्यवस्था छ ।

हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । स्थानीयमा १० प्रतिशत तथा कर्मचारी र आम सर्वसाधारणमा २० शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ ।

यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन शुरु गरिसकेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *