नबिल बैंक र पाचखाल,पनौती नगरपालिकाबीच उद्यमशीलता र वित्तीय समझदारी
इन्भेष्टोपेपर । भाद्र १२, २०७८
काठमाडौँ । नबिल बैंक र पाचखाल तथा पनौती नगरपालिकाबीच उद्यमशीलता र वित्तीय पहुँच सम्वन्धि छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर भएकाे छ ।
पनौती नगरपालिकामा नबिल बैंककाे तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाकँ तर्फबाट मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंककाे बाग्ँमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।
उक्त साझेदारी मार्फत नगरपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
