नबिल बैंक र पाचखाल,पनौती नगरपालिकाबीच उद्यमशीलता र वित्तीय समझदारी

इन्भेष्टोपेपर । भाद्र १२, २०७

काठमाडौँ । नबिल बैंक र पाचखाल तथा पनौती नगरपालिकाबीच उद्यमशीलता र वित्तीय पहुँच सम्वन्धि छुट्टाछुट्टै समझदारी  पत्रमा हस्ताक्षर भएकाे छ ।

पनौती नगरपालिकामा नबिल बैंककाे तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाकँ तर्फबाट मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंककाे बाग्ँमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।

उक्त साझेदारी मार्फत नगरपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *