विद्यालयलाई ज्योति विकास बैंकको सहयोग
इन्भेष्टोपेपर । भाद्र १२, २०७८
ज्योति विकास बैंकद्वारा वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा वडा न. ६ स्थित श्री जन नमूना माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको छ।
समुदायमा व्यवस्थित ढंगले शुद्व पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी बैंकले श्री जन नमूना माध्यमिक विद्यालयलाई एक कार्यक्रम मार्फत रु. एक लाख पचास हजार बराबरको आर्थिक सहयोग गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जिवन जोशी, श्री जन नमूना माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद कोइराला,प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर वडा न. ६ सुर्खेतका वडा अध्यक्ष मोती प्रसाद कंडेलको उपस्थिति रहेको थियो।
खानेपानी धाराको जडान पश्चात सो विद्यालयका विद्यार्थीहरु, समुदायका मान्छेहरु र आवतजावत गर्ने बटुवाहरुले शुद्ध खानेपानीको लाभ लिन सक्नेछन्।
