नबिल दिगाें बैंकिङ र नेपाल उद्याेग परिसंघ – वूमन लिडरसिप फाेरम बीच अन्तर्क्रिया
इन्भेष्टोपेपर । आश्विन ०७, २०७८
काठमाडौँ । नबिल बैंक र नेपाल उद्याेग परिसंघ – वूमन लिडरसिप फाेरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताकाे लागि चालेका कदमहरु र उपलब्ध कर्जाकाे बारेमा जानकारी गराएकाे थियाे । CNI – WLF संयाेजक छाया शर्मा, र सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहका साथै विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुकाे उपस्थिती थियाे ।
कार्यक्रमकाे सुरुवात गर्दै संयाेजक छाया शर्माले नबिल बैंककाे दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुकाे प्रशंसा गर्नुका साथै यसले महिलाकाे सामाजिक रुपान्तरणमा याेगदान पुगाेस भन्ने कामना गर्नु भयाे ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताकाे विकास तथा वित्तिय पहुँचलाई गाउँ गाउँमा पुर्याएर त्यहा उद्यमीहरुकाे सिर्जना गरि दिगाे विकासमा टेवा पुर्याउने लक्ष्य लिएकाे बताउनु भयाे।
कार्यक्रममा नबिल बैंककाे दिगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाकाे बारेमा नबिल दिगाे बैंकिङका प्रबन्धक लिला प्रसाद अाेझा र साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाकाे बारेमा साना तथा मझौला कर्जा-लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पार्नु भएकाे थियाे । अन्तर्कि्रयाकाे दौरान विभिन्न महिला उद्यमीहरुले उठाउनु भएका जिज्ञासा तथा सुझावहरुकाे समेत सम्बाेधन गरिएकाे थियाे ।
नबिल बैंकले गत असार १५ गते धान दिवसकाे दिन नबिल दिगाे बैंकिङकाे सुरुवात गरेकाे हाे । सयूक्त राष्ट्र संघकाे दिगाे विकासकाे लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगाे बैंकिङ कार्यक्रम सुरु गरेकाे बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकाे छ ।
