रुकुम पूर्वमा कृषि बैंकको नयाँ शाखाको औपचारीक समुदघाटन

इन्भेष्टोपेपर । आश्विन ०७, २०७

काठमाण्डाैँ । लुम्विनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रुपमा चिनिने शाखा पुर्वि रुकुमको औपचारीक रुपमा कृषि विकास वैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायवाट औपचारिक रुपमा उदघाटन सम्पन्न भएको छ ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यो क्षेत्र कृषिको लागी प्रचुर संभावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई आग्रह गर्नुृ भएको थियो । यस क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास वैंक लि.ले तपाईहरुको साथमा रही तपाईहरुको घर आगनको वैंकको रुपमा सहकार्य गर्न तयार रहेको भनि आश्वस्त पार्नु भएको थियो ।

त्यसैगरि वैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले जतिसक्दो उत्पादन मुलक व्यवसायमा जोडीने कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसंग आवद्ध गराई लैजाने वताएका थिए ।

उक्त कार्यक्रमलाई सर्वसाधारण स्थानीय जनताको तर्फवाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वल वहादुर शाहीले लामो समयकोे प्रतिक्षा पश्चात पुर्वी रुकुम वासी जनताले सरकारी वैंक मार्फत बैंकिङ कारोवार गर्न पाउदा कृषि विकास वैंक लि.को व्यवस्थापनलाई विषेश धन्यवाद दिदै आगामी दिनहरु सफल रहुन भनेर शुभकामना समेत व्यक्त गर्नुभएको थियो । हाल यस क्षेत्रका करिव ५०० भन्दा वढी निक्षेपकर्ताले खाता खोली वैंकिङ कारोवार गर्दै आउनु भएको समेत वताउनु भएको थियो ।

त्यसैगरी कृषि विकास वैंक प्रदेश कार्यालय नेपालगंजका निर्देशक गिरीराज रेग्मीले वैंकले उपलब्ध गराउने सेवाको वारे जानकारी गराउनु भएको थियो । पुर्वी रुकुमका प्रवन्धक विष्णुजंग शाहले कार्यक्रममा उपस्थित सर्वसाधारण, प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रवन्धक र नेपालगंज प्रदेश कार्यालयका निर्देशकलाई स्वागत गर्नु भएको थियो भने कृषि विकास वैंकका व्यवसाय सहायक मदन पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *