“मोको” बाट स्क्यान- टु- पे को नेपालमा सुरुवात
इन्भेष्टोपेपर । आश्विन १४, २०७८
काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन, नेपाल राष्ट्र बैंकद्वारा लाईसेन्स प्राप्त एक भुक्तानी सेवा प्रदायक संस्था हो, जसले आफ्नो मोबाइल डिजिटल वालेट – “मोको”आजबाट शुरू गरेको छ।
डिजिटल भुक्तानीमा विश्वब्यlपी प्रख्यात भिसासँग साझेदारी,यस “मोको” डिजिटल वालेट अनलाइन भुक्तानीमा एक नयाँ परिर्वतन हो l जहाँ प्रयोगकर्ताहरु सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन् र एक मर्चेन्ट्मा प्रदर्शित क्युआर कोड स्क्यान गरेर लेनदेनको लागी भुक्तानी शुरू गर्न सक्छन्। यो एप सुरक्षित छ भनी payment card industry data security standard(PCI DSS) प्रोटोकलद्वारा मान्यता प्राप्त छ ।
यो क्यु आर भुक्तानी को प्रक्रिया ले एक अन्तरक्रिय, सुरक्षित र स्थिर सिस्टम को आवस्यकता लाई सम्बोधन गर्दछ जसबाट प्रयोगकर्ताहरुले एउटा मोबाइल एप को प्रयोग ले नै QR कोडको माध्यमबाट विभिन्न मर्चेन्ट् आउटलेटहरुमा भुक्तानी गर्न सक्छन्। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरुले अब “मोको” एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरीद तथा विभिन्न सेवाहरुको जस्तै- टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् ।
भिसाको लागि नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बासुले व्यक्त गर्नुहुन्छ , “हामी ”मोको” को साथ स्क्यान-टु-पे सुविधा सुरु गर्न पाउँदा खुसी छौं। भिसाको लक्ष्य सधैँ सबैको लागी सजिलो सेवा सबैमा पुराउनु रहेको छ र सबै प्रति समर्पित एक नेटवर्कको रुपमा हामी डिजिटल भुक्तानीलाई कार्ड प्रयोगकर्ता तथा व्यापारीहरु माझ अधिक सुविधाजनक, सहज र सुरक्षित बनाउन चाहन्छौँ। यो साझेदारीको साथ, हामी विश्वस्त छौं कि नेपालका प्रयोगकर्ताहरु अब आफ्नो भिसा कार्डको विवरण स्मार्टफोनमा प्रयोग गरि ढुक्कले QR पेमेन्ट गर्न सक्छन जुन सेवा व्यlपारीहरुले पनि फाइदा जनक तरिकाले प्रदान गर्न सक्छन्।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्र पाण्डे भन्नुहुन्छ , “नियमकको QR पेमेन्ट अनुभवलाई लोकप्रिय बनाउने लक्ष्यलाई ध्यानाकर्षण गर्दै, हामीले, नेपालका एक भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसन संग सम्झौता गर्दै हाम्रा भिसा कार्ड प्रयोगकर्ताहरुका लागि एक अन्तराष्ट्रिय QR प्लेटफर्म सुचारु गरेका छौँ ।
फोकसवान पेमेन्ट सोलुसन सह-संस्थापक र मुख्य कार्यकारी अधिकृत प्रणय राजभण्डारीका अनुसार ”मोको” , एक पहिलो किसिमको ‘ओपन लुप नन-स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरुले सजिलै आफ्नो कार्ड को विवरण राखी तुरुन्तै प्रयोगमा ल्याउन सक्छन्। कम्पनीले आगामी महिनाहरुमा १० भन्दा बढी अन्य बैंकहरुसंगको सेवा थप गर्नेछन् र निकट भविष्यमा सबै बैंक र वित्तीय संस्थाहरुमा सेवा विस्तार गर्ने योजना राखेका छौँ । ”मोको” एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा डाउनलोडको लागी उपलब्ध छ।
