यसपालिकाे दशैँमा खाद्यले च्याङ्ग्रा नल्याउने

इन्भेष्टोपेपर । आश्विन १५, २०७

काठमाडौँ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष पनि दशैंँका लागि च्याङ्ग्रा बिक्री वितरण गर्न नसक्ने भएको छ । कम्पनीले यस पटक च्याङ्ग्राको उपलब्धता कम भएको हुँदा च्याङ्ग्रा खरिद बिक्रीको कार्यक्रम स्थगित गरिएको हो ।

कम्पनीका सूचना अधिकारी शर्मिला सुुवेदीले बजार मूल्य नियन्त्रण गर्ने उद्देश्यले खाद्य कम्पनीले प्रत्येक वर्ष दसैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भए पनि गत वर्षजस्तो यो वर्ष पनि खसीबोका मात्रै बिक्री गर्ने तयारी भएको बताउनुुभयो । एक हजार च्याङ्ग्रा ल्याउने निर्णयअनुसार तयारी गरिएको तर कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याउन सकिएन उहाँले थप्नुुभयो ।

उहाँका अनुसार कम्पनीले गत वर्षको दशैँमा पनि कोरोनाका कारण च्याङ्ग्रा बिक्री गर्न सकेका थिएनौँ । कम्पनीका अनुसार मुस्ताङबाट च्याङ्ग्रा ल्याउन नसके यस पटक पनि मकवानपुरको हेटौँडाबाट एक हजार २०० र दाङको तुल्सीपुरबाट ८०० वटा गरी दुुई हजार खसीबोका ल्याउन खरिद प्रक्रिया भइरहेको छ । दुई जिल्लाबाट ल्याइएको खसीबोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट घटस्थापनाको भोलिपल्ट ल्याएर बिक्री सुरु गर्ने जनाएको छ ।

कम्पनीले दशैँका लागि ल्याइएका खसीबोका जिउँदो मूल्यमा प्रतिकेजी १० रुपियाँ छुट दिने यसअघि नै घोषणा गरेको छ । कम्पनीले उपत्यकाका चार स्थानसहित ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा प्रतिकेजी पाँच रुपियाँ र भटमासको तेल र कर्णालीको सिमीमा प्रतिकेजी १० रुपियाँ छुट दिँदै आएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *