एमालेको १०औँ महाधिवेशन बुटवलमा, विधान महाधिवेशनले के के पारित गर्याे त ?

इन्भेष्टोपेपर । आश्विन १८, २०७

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ । ललितपुरको गोदावरीस्थि सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको पार्टीको प्रथम विधान महाधिवेशनको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा हुने जानकारी दिनुभयो ।

महाधिवेशन मङ्सिर १० देखि १३ गतेसम्म गर्ने निर्णय गरिएको छ । विधान महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ ।

निर्वाचन आयोगमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टङ्क उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य रहनुभएको छ ।

तीन दिनदेखि जारी विधान महाधिवेशनका क्रममा आएका सुझावहरुका अनुसार एमालेले केन्द्रीय कमिटीमा तीनवटा मात्रै लेयर राख्ने निर्णय लिएको हो।

‘अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ। त्यसपछि स्थायी कमिटी र सचिवालय तीनवटा तह हुनेछ’, उपमहासचिव तथा संगठन विभाग प्रमुख पौडेलले भन्नुभयाे, ‘पार्टी चलाउनै समस्या हुने भएकाले पोलिटब्युरोको आवश्यकता हुँदैन भनिएको हो।’

यसैगरि विधानमा गरिएको व्यवस्था अनुसार नेकपा एमालेको कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाइने छ। यदी कार्यकालको बीचमै ७० वर्ष पुगेपनि त्यस्ता पदाधिकारीले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था गरिएको छ।

विधान महाधिवेशनले केन्द्रमा पार्टी पदाधिकारीको सङ्ख्या १५ र स्थायी कमिटी सदस्यको सङ्ख्या ४५ रहने नियम पारित गरेकाे छ। पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष सहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहनेछन्।

यसै महाधिवेशनले एउटै कार्यकारी पदमा दुई पटक भन्दा बढी उम्मेदवार बन्न नपाइने नियम समेत पास भएकाे छ ।

नेकपा एमालेको लोगो परिमार्जन भएको छ । शुक्रबारबाट ललितपुरमा जारी एमालेको पहिलो विधान महाधिवेशनले पार्टीको लोगो परिमार्जन गर्ने निर्णय गरेका कारण अब नयााँ लोगो आउने भएको हो ।

अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने छ । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *