मुक्तिनाथ कृषि कम्पनीको आइपिओ निष्काशन हुँदै

इन्भेष्टोपेपर । आश्विन २२, २०७

काडमाण्डाैँ । मुक्तिनाथ कृषि कम्पनी लि. ले सर्वसाधारणको लागि छुट्याइएको धितोपत्र (साधारण शेयर) निष्काशन गर्ने भएकाे छ । मुक्तिनाथ कृषि कम्पनी लि. का कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लि. का प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहका बीच धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हाे ।

वि.स. २०७५ सालमा १ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । उल्लेखित सम्झौता अनुसार यहि वर्षको चैत्र मसान्त भित्र निष्काशनको सवै प्रकृया पुरा गरी जारी गर्ने लक्ष लिएको छ । यसअन्तरगत सर्वसाधारणको लागि रु चार करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ । आवश्यकता अनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजि बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष लिएको छ ।

कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनी लि. का संचालक तुलसिराम ढकाल, सिताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिल कुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशि, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटल लि. का प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालका ८६३ जना भन्दा बढि सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *