बाल गीत : कखरा
संकलकः कुल थापा
क बाट कछुवा, ख खरायो
उफ्री हिडने खरायाे, कता हरायो ।
ग बाट गमला, घ घर
सवै हामी परिवारलाई, घरकै भर ।
ङ भनि पढ, च चरा
पानी आयो दर्केर, रुझ्यो विचरा ।
छ बाट छहरा, ज जरायो
जरायोको सिङ छैन, कता हरायो ।
झ बाट झण्डा, गोरुसिङे ञ
मेरो सानो बिरालो, गर्छ म्याँऊ म्याँऊ ।
ट बाट टपरी, ठ ठग
ठगी हिडने मान्छेसंग, टाढा भाग ।
ड बाट डमरु, ढ ढकनी
खाना छोपी राख्ने गर्छु, अब म पनि ।
न बाट नरिवल, प पसल
पसलबाट सामान किन्छु, असल असल ।
फ बाट फरिया, ब बन
बनमा जाँदा रमाई रमाई नाच्छ मन ।
भ बाट भकारी, म मन्दीर
मन्दीर देख्दा नझुक्ने, कस्को छ शिर ।
य बाट यतिमानव, र रसवरी
रसवरीको नामै सुन्दा, पानी मुखभरी ।
ल बाट लसुन, व वकिल
वकिलको कालो कोटले, चिन्छन् सकल ।
श बाट शहिद, ष षटकोण
शहिदको पथ समाई, हिडौँ चौकोण ।
ह बाट हरिण, क्ष क्षत्रिय
देशको रक्षा गर्ने जात, हुन क्षेत्रिय ।
त्र बाट त्रिशुल, ज्ञानी ज्ञ
पढौँ लेखौँ आमाबाउले, भन्छन् जेजे ।
