एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौँ : ऊर्जामन्त्री भुसाल

इन्भेष्टोपेपर । आश्विन २५, २०७८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न आह्वान गर्नुभउकाे छ ।    
     
ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य संघले विजयादशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठपर्वका उपलक्ष्यमा आइतवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयाे, “एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौं।”     
     
लोडसेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै मन्त्री भुसालले बत्तीमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युतबाट चलाउन नसक्ने अवस्था पनि हुन सक्ने भएकाले अब विद्युतको चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जान आवश्यक रहेको बताउनु भयाे । उहाँले अब आफ्नै देशको जलविद्युतको अधिकतम प्रयोग गर्न सकिने पनि बताउनु भयाे ।  

उहाँले सामाजिक एवं आर्थिक रुपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने बताउँदै सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युतको प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको उल्लेख गर्नुभयाे ।     
     
मन्त्री भुसालले आगामी दिनमा यातायात र उद्योगीले मागेजति विद्युत् उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्दै सबै ठाउँमा ऊर्जाका रूपमा जलविद्युतको प्रयोग गर्न आग्रह गर्नुभयाे।

स्वदेशी विद्युत् खपतलाई बढवा दिने उद्देश्यले आफूले मन्त्रालय सम्हालेपछि महसुल दरमा कमी गरेको उहाँको भनाइ छ । उहाँले खास गरेर घरायसी प्रयोजनमा त्यस्तो निर्णय भएको भन्दै अब एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुने पनि बताउनुभयाे ।

मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी दिंदै आफ्नो निर्णयले ग्रामीण जनताका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयाे ।

कृषि क्षेत्र मुलुकको आर्थिक आधार भएको उल्लेख गर्दै उहाँले खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने र त्यसका लागि आवश्यक पर्ने विद्युत्मा सहुलियत दिने नीतिलाई आफूले बढवा दिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सबै खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउन सके, उत्पादन र उत्पादकत्व बढ्छ, वार्षिक रु दुई खर्बको कृषिजन्य आयात न्यूनीकरण गर्न मद्दत पुग्छ र व्यापार घाटा कम भई देशको आर्थिक एवं सामाजिक क्षेत्रमा योगदान दिनेछ ।”

महालक्ष्मी नगर कपडा उद्योगले परिचित क्षेत्र भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा टेक्स्टाइल उद्योगका रूपमा विकास गर्न आग्रह गर्नुभयो । उहाँले त्यसका लागि आफूले नीतिगत तहबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो । मन्त्री भुसालले चाडपर्वले कर्तव्यबोध गराउने उल्लेख गर्दै परिवारिक सम्बन्धमात्र होइन घर, समाज र राष्ट्रप्रति एकताबद्ध हुन यसले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा स्थानीय जनप्रतिनिधि एवं सामाजिक नेतृत्वले नजिकिँदै गरेको चाडपर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । उद्योेग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयनारायण श्रेष्ठले नगरभित्रको अव्यवस्थित विद्युतीय पोलको व्यवस्थापन र विद्युतीय संरचना सुधारमा सहयोग गर्न आग्रह गर्नुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *